धर्म / संस्कृति
आज हलितिहार, गाईगोरु पूजा, म्ह पूजा पनि आजै
विराटचोकः नेपालीहरुको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज घरघरमा गाई र गोरुको पूजा गरिँदैछ । आजको दिनलाई हलितिहार भनिन्छ ।
प्रत्येक वर्षको कात्तिक कृष्ण औंसीका दिन गाईको र प्रतिपदाका दिन गोरुको पूजा गरिने भए पनि तिथिको घटबढका कारण यस पटक आज एकै दिन गाई र गोरु पूजाको दिन परेको हो । गाई र गोरुलाई सफा बनाएर तिनीहरुका सिङ र खुरमा तेल लगाएर पूजा गर्ने तथा मीठामीठा खानेकुरा दिने गरिन्छ । तिहार मानिसको मात्रै नभएर पशुको पनि पूजा गरिने पर्व हो । त्यसै क्रममा कृषिप्रधान देश नेपालमा किसानका सहयोगी गाई र गोरुलाई आजको दिनमा पूजा गर्ने चलन रहेको छ ।
त्यस्तै, आज हलो, फाली, कुटो, कोदालोलगायतका कृषि औजारलाई पनि पूजा गर्ने चलन छ । हलोसँग सम्बन्धित गोरु, हलो, कोदालो आदिको पूजा गरिने भएकाले आजको दिनलाई हलितिहार पनि भनिएको हो ।
आज घरघरमा गएर केटाकेटीदेखि पाको उमेरका मानिस तथा विभिन्न संघसंस्थाले देउसी भैलो खेल्ने प्रचलन छ ।
त्यस्तै, नेवारी समुदायमा आजको दिन आफ्नै पूजा गरेर म्हपूजा मनाइन्छ । आजको दिन आत्मतत्वलाई बोध गराउने अनि सजीवताको आभाष दिलाउने दिनको रुपमा परिचित छ । नेवारी समुदायमा आफ्नै शरीरभित्रको चेतनाप्रदायक यस आत्मतत्व अनि परमात्मालाई पूजा गर्दै आजको दिन आफ्नै शरीरको पूजा गरिन्छ । शरीरमा शान्ति नभई विश्वशान्ति नहुने विश्वासस्वरुप अष्टचिरञ्जीवीको प्रतीक र अष्ट ऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर त्यसमा आत्मस्वरूप पूजा गरिन्छ ।
Facebook Comment
Banner
इंग्लिस प्रिमियर लिग : सिटी लगातार चौथो उपाधिनजिक
इर्लिङ हालान्डको दुई गोलमा म्यानचेस्टर सिटीले मंगलबार इंग्लिस प्रिमियर लिगमा टोटनहमलाई २–० ले हराएको छ । जितसँगै सिटी लगातार चौथो लिग उपाधिको नजिक पनि पुगेको छ ।
Banner
२ जेठ, २०८१ – बुधवार – आजको राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज जे काम गर्नुहुन्छ होसियारी पूर्वक गर्नुहोला । आर्थिक लेनदेनमा सचेत रहनु पर्नेछ, तर साँझमा भने कहीँ कतैबाट शुभ समाचार मिल्नेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अरूलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पुनर्मिलनको योग रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर अरूको मुख नहेरी सही निर्णय लिन सके अवसरहरू प्राप्त होला ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर रातो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्याउनेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज रमणीय र सुखद् यात्राको योग छ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज श्रमदान गर्ने अवसर मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । वस्त्र एवं अलंकार प्राप्ति हुनेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज शुभ समाचार सुन्न पाइएला । कला र गलाको प्रभाव बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पारिवारिक सद्भाव पनि बढ्नेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । रोमाञ्चक यात्रा पनि होला ।
Banner
न्यायाधीशको अगाडि फेरि घोप्टो परेर रोईन् गौशला २६
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login